ढुङ्गामा भगवानको पाईला भेटिएपछि..

३ बटा अनौठा ढुङ्गामा भगवानका पाईला, नजिकै ओडार र ढिकी आकारको कोल ढुङ्गा मै फेला परेपछि स्थानिय समेत आश्चर्यमा परेका छन् ।

4122
ढुङ्गामा भगवानको पाईला भेटिएपछि..

 
नवलपरासीको देबचुली नगरपालीका ४ मा रहेको अम्मर ज्योती सामुदायीक वन क्षेत्र भित्र अनौठो ढुङ्गा फेला परेको छ । ३ बटा अनौठा ढुङ्गामा भगवानका पाईला, नजिकै ओडार र ढिकी आकारको कोल ढुङ्गा मै फेला परेपछि स्थानिय समेत आश्चर्यमा परेका छन् ।
 
सत्ययुगमा यस वन क्षेत्रमा भगवान शिवको बासस्थान रहेको आकलन गदै २०७० सालदेखि ढुङ्गाको संरक्षण अभियानमा स्थानिय जुटेको कुल बहादुर श्रीस मगरले जानकारी दिए । उनले भने यो ढुङ्गामा अलौगिक शक्ति छ अहिले यहाँ पुजाआजा समेत गर्ने गरेका छौ ।
 
अनौठो प्रकारको ढुङ्गा स्थानियले २०३९ सालमा फेला परेका थिए । तर त्यसको बारेमा प्रचार प्रसार हुन नसक्दा आझेलमा परेको थियो । वनमा पशुपक्षि चराउन जाने क्रममा यस्तो पाईला फेला परेको हो । 
 
 
जँगलको बीच भागमा यस प्रकारको दृश्य देखिएपछि स्थानिय यहाँको प्रबद्धनमा लाग्न थालेका छन् । ढुङ्गा भेटिएको क्षेत्रमा सतल निर्माण गरि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्ने तयारी गरिएको छ । अहिले सरसफाई गरि पुजा हुन थालेको छ ।  
स्थानिय मोहनसिहं सुनारीले भने एकै स्थानमा  पाईला, कोल, गुफा भेटिए छ यसको प्रचार प्रसार हुन सके यहां धेरै भक्तजनहरु आउन सक्छन् । उनले भने देखिएका पाईला शिवको हुन सक्छ यसबारे अध्ययन अनुसन्धान हुनु पर्छ । यहां शिव भगवानको रुपमा पुजा गर्दा आफुहरुले आटेको कुराहरु पुरा हुने गरेको स्थानियको बिश्वास छ ।

SHARE

COMMENTS

(Mar 30 2017 7:32:08:060PM)
हैन त्यो बेला मा पनि शिबजिले जुत्ता ले ढुङ्गा मा पाइला टेकेछन कि क्याहो ? यो जमाना पनि वोईघात कुरा गर्ने, कोदो को तेल अलि बडी भए जस्तो लायो यो केटो लाई त ।

यसमा तपाइको मत