नवलपुर दिप प्रज्वलन

नवलपुर दिप प्रज्वलन

नवलपुर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय स्थापना भएको र देशभरका युवाहरुको मनोभावना अनुसार नेकपा एमाले र माओवादी केन्द्र बिच एकताको प्रक्रिया अगाडि बढेको खुसीयालीमा अनेरास्वब्यु नवलपुर र अनेरास्वबियु कान्तिकारीले बुधबार कावासोतीको सभापति चोकमा दिप प्रज्वलन गरेका छन् ।

युवाहरुले बाम गठबन्धनलाई जिताई स्थिर सरकार निर्माण गरी देशलाई सम्बृद्धिको बाटोमा लान आवश्यक रहेको बताउनदै गठबन्धनका उम्मेदवार जिताउन दुवै संगठन कटिबद्ध भएर लाग्ने बताएका छन् ।

कार्यक्रम अनेरास्वबियु नवलपुर आयोजक कमिटिका संयोजक ठाकुर पराजुलीको अध्यक्षता र नेकापा एमाले का केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार तिलक महत , प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भविश्वर पराजुली र प्रदेश सभा २ को १ का उम्मेदवार किशन सर्मा गैहे्रको प्रमुख आत्थ्यितामा भएको कार्यक्रममा ,एमाले नवलपुर अध्यक्ष एवम प्रदेश सभा १ को २ का उम्मेदवार रोशनबहादुर गाहा लगाएतको उपस्थितिमा दिप प्रज्वलन गरीएको अनेरास्व्यु नवलपुरका जिल्ला कमिटि सदस्य प्रसान्त चापागाईले जानकारी दिनुभयो ।
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत