जिल्लावासीलाई असुरक्षित महशुस हुन नदिने: एसपि जिसी

97
जिल्लावासीलाई असुरक्षित महशुस हुन नदिने: एसपि जिसी

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपूरका प्रमुख एंव प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि प्राथमिकता दिँदै जिल्लामा शान्ति सुरक्षामा कडाई गरिने बताउनुभएको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय नवलपूरमा भएको पत्रकारहरुसंगको परिचयात्मक एंव भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सवारी दुर्घटना , चेलीबेटि बेचबिखन र लागुऔषध बेचविखन नवलपुर क्षेत्रको सबैभन्दा बढि समस्या भएको पत्रकारहरुले प्रहरी उपरिक्षक जीसीलाई जानकारी गराएका थिए । पत्रकारहरुको सुझावलाई सम्बोधन गर्दै एसपि जिसीले जिल्लामा हुने समस्या न्युनिकरणका लागि शान्ति सुरक्षालाई अझै बलियो बनाउँदै लैजाने बताउनुभयो ।

उहाले जिल्लावासीहरुलाई असुरक्षित महशुस हुन नदिने गरी आफुले काम गर्ने बताउनुभयो । बर्दघाट सुस्ता पुर्व नवलपूर छुट्टै जिल्ला भएपछि विभिन्न सरकारी  कार्यालयहरु पनि जिल्ला स्तरिय रुपमा स्थापना हुँदै गर्दा प्रहरी प्रमुखकारुपमा जिसि गत शुक्रबार मात्र नवलपुर जिल्लामा आउनु आउनुभएको हो ।   

SHARE

COMMENTS

यसमा तपाइको मत