नवलपुर २ मा पुरुष भन्दा महिला मतदाताको संख्या बढी

161
नवलपुर २ मा पुरुष भन्दा महिला मतदाताको संख्या बढी

आगामी मंसिर २१  गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा नवलपुर क्षेत्र नंबर २ बाट १ लाख ७ हजार ७सय ५५ जनाले मतदान गर्दैछन् ।

जसमध्ये महिला मतदाताको संख्या बढी रहेको छ । यस क्षेत्रमा ५७ हजार ५ सय ४० जना महिला मतदाता रहेका छन् भने पुरुष मतदाताको संख्या ५० हजार २ सय १३ रहेको छ । साथै यस क्षेत्रबाट दुईजना तेस्रो लिंगी पनी मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा ५५ मतदानस्थल तोकिएको छ ।

कावासोती नगरपालिकाको वडा नं ३, ४, १४, १५, १६ र १७, मध्यबिन्दु नगरपालिका, वुङदिकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका यस निर्वाचन क्षेत्रमा समावेश भएका स्थान हुन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत