नवलपुरमा राप्रपाले काँग्रेस उमेद्वारलाई सघाउन

नवलपुरमा राप्रपाले काँग्रेस उमेद्वारलाई सघाउन

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले नवलपुरका दुवै क्षेत्रका प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उमेद्वारहरुलाई सघाउने निर्णय गरेको छ ।

नवलपुरका दुवै क्षेत्रका प्रदेश सभाका राप्रपाका उमेद्वारहरु यथावत रहेपनी नेपाली काँग्रेसका उमेद्वारहरुलाई सहयोग गर्ने निर्णय भएको काँग्रेस र राप्रपाले संयुक्त रुपमा आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, काँग्रेसका तर्फबाट वार्ता समितिका संयोजक हरी राज गौतम, महाधिवेशन प्रतिनिधी मनोहर प्रसाद पराजुली र राप्रपा जिला अध्यक्ष दल बहादुर केसी, केन्द्रिय सदस्य छत्रराज बगाले, जिल्ला उपाध्यक्ष चन्द्रदत्त जैसी जिल्ला सदस्य महेन्द्र कार्की र लोकनाथ लामिछानेको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा समानुपातीकका उमेद्वारहरुको हकमा भने आ आफ्नो पाटीृका उमेद्वारहरुलाई सहयोग गर्ने उल्लेख छ ।

काँग्रेस र राप्रपाले जिल्लामा हुने निर्वाचन सम्बन्धि सम्पुर्ण गतिविधीहरु पनी संयुक्त रुपमा गर्ने निर्णय गरेका छन् । सो अवसरमा काँग्रेस महामन्त्री एंव नवलपुर क्षेत्र नंबर एकका प्रतिनिधी सभा सदस्य पदका उमेद्वार डा. शशांक कोइराला र राप्रपा जिल्ला अध्यक्ष दल बहादुर केसीले एक अर्कालाई माला पहिराएर खुशी साटासाट समेत गरेका थिए ।

सो अवसरमा काँग्रेस महामन्त्री कोेइरालाले बाम गठबन्धनका विरुद्वको यो गठबन्धनले अव काँग्रेसलाई जिताउनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष केसीले यो गठबन्धनका विषयमा आम कार्यकर्ताहरुका माझ पु¥याउन र काँग्रेसका उमेद्वारहरुलाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

SHARE

COMMENTS

यसमा तपाइको मत