गैडाकोटबाट लागु औषध सहित २ जना पक्राउ

242
गैडाकोटबाट लागु औषध सहित २ जना पक्राउ

नवलपुरको गैंडाकोटबाट ४ सय थान लागु औषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिवश बहादुर जिसीको कमाण्डमा खटिएको गस्ति टोलीले गैडाकोट ९ थुम्सिबाट सोमबार अपरान्ह ४ बजे उनिहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका ७ का २८ बर्षिय राज नेपाली र सोहि ठाउ बस्ने २० बर्षिय सन्दिप गुरुङ्ग रहेका छन् । उनिहरुको साथबाट प्रहरीले फेनारगन १५० थान, नुफिन ५ थान, टालजेसिक १४५ थान र सेरेज्याक १५० थान गरी ४०० थान लागु औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । उनिहरुमाथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत