विवेकशील साझा नवलपुरकाे अाज विशाल जनसभा हुदै , रन्जु दर्शनाले सम्बाेधन गर्ने

विवेकशील साझा नवलपुरकाे अाज विशाल जनसभा हुदै , रन्जु दर्शनाले सम्बाेधन गर्ने

विवेकशील साझा पार्टी नवलपुरले आज नवलपुरमा ३ स्थानमा आमसभाको आयोजना गरेको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभको निर्वाचनलाई लक्षित गर्दै चुनावी आमसभा गर्न लागेको हो ।

 
आमसभा गैँडाकाेट,कांग्रेस चाेकमा  बिहान ९ बजे, दलदले बजारमा बिहान ११ बजे र कावासाेती बजारमा दिउँसो १ बजे सुरु हुने विवकेशील साझा पार्टीले जनाएको छ । विशाल आमसभा कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा चर्चित युवा नेतृ रन्जु दर्शना, केन्द्रीय सदस्य गोविन्द नारायणलगायत नवलपुरका उम्मेद्वारहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।
 
विवेकशील साझा नवलपुरले नवलपुर क्षेत्र नम्बर १ तर्फ मात्र उमेदवारी दिएको छ । प्रतिनिधि सभा सदस्यमा हरि प्रसाद गाैतम, प्रदेश सभा सदस्य  १(क) मा भीम प्रसाद अाचार्य र प्रदेश सभा सदस्य १(ख) मा राम प्रसाद चापागाईं उमेदवार रहनु भएको छ । 
 


SHARE

COMMENTS

यसमा तपाइको मत