भाषण गर्न मात्रै नभै काम गरेर देखाउन राजनितिमा होमिएको :रञ्जु दर्शना

भाषण गर्न मात्रै नभै काम गरेर देखाउन राजनितिमा होमिएको :रञ्जु दर्शना

विवेकशिल साझा पार्टीकी केन्द्रिय सदस्य रञ्जु दर्शनाले आफुहरु भाषण गर्न मात्रै नभै काम गरेर देखाउन राजनितिमा होमिएको बताउनुभएको छ ।

बिहिबार नवलपुरका विभिन्न ठाउमा भएका चुनावी सभामा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै दर्शनाले सदियौ देखी अन्य राजनितिक दलहरुले भाषण र आश्वासन मात्रै बाड्ने गरेको आरोप लगाउनुभयो । उहाले देशमा बढ्दो भ्रष्टाचार र बेथितीलाई रोक्न अब पुराना राजनितिक दलबाट असम्भव भएकाले विवेकशिल साझाको विकल्प नभएको बताउनुभयो ।

दर्शनाले राजनीतिक नेतृत्वमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाएकाले देश विकास हुन नसकेको आरोप लगाउनुभयो। उहाले युवालाई राजनीतिको नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै समृद्धिका लागि देशले नयाँ नेतृत्व खोजेको दावी गर्नुभयो । उहाले नेपालमा विनियोजन हुने सबै बजेट भ्रष्टाचार भएर खेर गइरहेको भन्दै अब नयाँ बिवेकको प्रयोग गरेर देश विकास गर्नुपर्ने बताउनुभयो।

उहाले आफ्नो पार्टीले यसपटकको चुनावमा राष्ट्रिय पार्टीको मान्यता पाउने दावी गर्दै अर्को चुनावमा देशकै नेतृत्व गर्ने ठोकुवा समेत गर्नुभयो । चुनावी सभामा केन्द्र्रिय सदस्य गोविन्द नारायणलगायतले सम्बोधन गरेका थिए ।

SHARE

COMMENTS

यसमा तपाइको मत