नवलपुरमा थपिदै सुरक्षा चुनौती, कांग्रेस उमेद्वारहरुलाई लक्षित गरी बम आक्रमण

222
नवलपुरमा थपिदै सुरक्षा चुनौती, कांग्रेस उमेद्वारहरुलाई लक्षित गरी बम आक्रमण

निर्वाचनको मिती नजिकिदै गर्दा नवलपुर जिल्लामा सुरक्षा चुनौती थपिदै गएको छ । शुक्रबार मात्रै देवचुली नगरपालिकामा प्रेसर कुकर बम भेटिएको भोलि पल्ट उमेद्वार लक्षित बम आक्रमण भएको छ । शनिवार नेपाली कांग्रेस नवलपुरका उमेद्वारहरु चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको छ ।

नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्वार बिष्णु कुमार कार्की र जिल्ला सभापतिसमेत रहनु भएका  क्षेत्र नम्बर २ क का प्रदेशसभा सदस्य पदका उमेदवार बिष्णु लामिछानेलगायत काँग्रेस नेता चढेको ना १ ज ४०२२ नंबरको गाडीलाई लक्षित गरि आक्रमण भएको हो ।

शनिबार बिहान चुनावी अभियानमा हुप्सेकोट गाउँपालिका, र बौदिकाली गाउँपालिकाकाका पहाडी क्षेत्रमा चुनाव प्रचार प्रसारका लागी जाँदै गरेको गाडीलाई लक्षित गरी अज्ञात समूहले हुप्सेकोट ५ पोखरीमा  बम आक्रमण गरेको उमेद्वार बिष्णु लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीको सुरक्षा सहित उमेदवारहरु पहाडि क्षेत्र तर्फ जाँदै गरेका थिए । गाडीमा उमेदवारसहित हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे ,बौदिकाली गाउँपालीका प्रमुख दुर्गा बहादुर राना ,क्षेत्रीय कोषाध्यक्ष दुर्गा गुरुङ ,इन्द्र फाल ,दुर्गा रिजाल लगायतका काँग्रेस नेता कार्यकर्ता सवार थिए ।

यसअघि शुक्रवार नवलपुरको देवचुली नगरपालिका वडा नंबर ३ मा रहेको काँग्रेस प्रचार प्रसार समितिको कार्यालय नजिकै प्रेसर कुकर बम भेटिएको थियो । बमलाई नेपाली सेनाले निश्किृय पारेको थियो ।


SHARE

COMMENTS

यसमा तपाइको मत