नवलपुरमा राती ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्रि वितरणमा रोक

नियम विपरित नजान सबै व्यवसायिहरुलाई स्थानिय प्रशासनको आग्रह

103
नवलपुरमा राती ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्रि वितरणमा रोक

नवलपुरमा निर्वाचन अवधिभर मदिराजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दधाट सुस्ता पुर्व नवलपुरले आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर राख्दै राती ८ः०० बजे देखी निर्वाचन अवधिभरका लागी मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा पुर्णरुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

बिहिबार देखि नै लागु हुने गरि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गर्दै सबै व्यवसायिहरुलाई आग्रह गरेको हो ।

नियम बिपरीत कुनै व्याक्ती वा व्यावसायीले मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गरेको पाईए स्थानिय प्रशासन ऐन २०२८ एवं प्रचलीत कानुन बमोजीम कारवाही गरेने समेत सार्वजनिक सुचनामा उल्लेख गरिएको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत