कार्यकर्ता भेटघाटमै व्यस्त राष्ट्रिय जनमोर्चा नवलपुर

कार्यकर्ता भेटघाटमै व्यस्त राष्ट्रिय जनमोर्चा नवलपुर

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नवलपुरमा विभिन्न राजनितिक दलहरुले चुनावि कार्यक्रमलाई तिब्रता दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई क्षेत्र रहेको नवलपूरमा कार्यकर्ता भेटघाट गर्ने कार्यलाई तिव्रता दिएको छ । राष्टिय जनमोर्चाले नवलपुरका २ वटै क्षेत्रमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको हो ।

राष्टिय जनमोर्चाले नवलपुरको अधिकाशं क्षेत्रमा घरदैलो कार्यक्रम  सम्पन्न गरेको प्रतिनिधि सभा नवलपुर क्षेत्र नम्बर २ का उमेदवार भागिरथ शार्माले जानकारी दिनुभयो ।

राष्टिय जनमोर्चाको तर्फबाट नवलपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ शर्मासंगै, प्रदेश सभा दुई क बाट गिर बहादुर महत्तराज र दुई ख बाट टेक प्रसाद पोख्रेल चुनावि प्रतिस्पर्धामा रहनुभएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत