जनताको घरदैलोमा व्यस्त राष्टिय जनमुक्ति पाटी नवलपुर

जनताको घरदैलोमा व्यस्त राष्टिय जनमुक्ति पाटी नवलपुर

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राष्टिय जनमुक्ति पार्टीले पनि नवलपूरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ ।

राष्टिय जनमुक्ति पाटीर्ले नवलपुरका २ वटै क्षेत्रमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको हो । राष्टिय जनमुक्ति पार्टीले नवलपुरको अधिकाशं क्षेत्रमा घरदैलो कार्यक्रम  सम्पन्न गरेको प्रतिनिधि सभा नवलपुर क्षेत्र नम्बर २ का उमेदवार सिहं बहादुर थापाले जानकारी दिनुभयो ।

राष्टिय जनमुक्तिको तर्फबाट नवलपुर क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा तर्फ तिलक थापा , प्रदेश सभा एक क बाट मन बहादुर लुङ्गेली र एक ख बाट माया गाहा चुनावि प्रतिस्पर्धामा रहनुभएको छ ।

यस्तै नवलपुर क्षेत्र नम्बर दुई प्रतिनिधि सभा तर्फ सिहं बहादुर थापा, प्रदेश सभा दुई क बाट तिलक बहादुर झेडी र दुई ख बाट मोहन सिहँ थापा चुनावि प्रतिस्पर्धामा रहनुभएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत