शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आगजनी

396
शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आगजनी

नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।

नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा आइतबार राति आगजनी भएको हो ।


घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत