कावासोतिमा दुर्घटनामा परी एक जना घाइते

1006
कावासोतिमा दुर्घटनामा परी एक जना घाइते

कावासोति नगरपालिकामा सवारी दुर्घटनामा परी आज एक जना घाइते भएका छन ।

पश्चीमबाट पुर्व तर्फ आइरहेको युपी १७ एपि १८१३ नम्बरको एलपि ग्यास बुलेटले विपरीत दिशातर्फ गइरहेको ग ११ प ७६८७ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा एक जना घाइते भएका हुन ।
 

घाइते हुनेमा मोटरसाइकल चालक हुप्सेकोट गाउपालिका वडा नम्बर १ जुकेपानि बस्ने ५९ वर्षीय राम बाहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हाल घाइतेको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत