लोकाहामा बसको ठक्कर बाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

547
लोकाहामा बसको ठक्कर बाट पैदलयात्रीको घटनास्थलमै  मृत्यु

 नवलपुरको देवचुली नगरपालिका १५ लोकाहामा यात्रुबसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १ ख ९९५५ नम्बरको यात्रुबसले बाटो काट्दै गरेका देवचुली १० बस्ने ७२ बर्षिय काजी बहादुर पाण्डेलाई ठक्कर दिएको थियो । पाण्डेको घटनास्थलमै मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ । यात्रुबस काठमाडौंबाट कपिलबस्तु तर्फ जाँदै थियो ।


मृतक पाण्डेको शव दुम्कौली शब गृहमा राखिएको छ । ठक्कर दिने सवारी र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । बिहान ८ बजेर ४५ मिनेट जादाको समयमा भएको यो घटना पछि केहिबेर महेन्द्रराजमार्ग अवरुद्ध भएको थियो भने अहिले सञ्चालन भइसकेको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत