पोखरीमा डुवेर बालकको मृत्यु

36328
पोखरीमा डुवेर बालकको मृत्यु
छोराको मृत्युले भावविह्ल बनेकी आमा

कावासोती साउन २९ ।
नवलपरासीको कावासोतीमा ८ बर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार बिहान ९ : ४५ बजे वार्ड नम्बर ७ टरुवा बस्ने जीत बहादुर महतोको छोरा मनिषको मृत्यु भएको हो । 
 
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । बेहोस भएका मनिषलाई कावासोतीमा रहेको जीवन सिटी अस्पतालमा ल्याएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । बच्चाको मृत्युभएपछि महतो परिवार शोकमा परेको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत