लोकाहामा बस र माईक्रो ठक्कर खाँदा २५ घाईते, ६ जना गम्भीर(तस्विर सहित)

8863
लोकाहामा बस र माईक्रो ठक्कर खाँदा २५ घाईते, ६ जना गम्भीर(तस्विर सहित)

अर्जुन सापकोटा, २०७३, असोज २१ ।
नवलपरासीको  लोकाहा पूल नजिकै भएको बस र माईक्रो ठक्कर खाँदा २५ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय कावासोतीले दिएको जानकारी अनुसार बसमा सवार ६ र माईक्रोमा सवार १९ जना घाईते भएका हुन् ।
 
पूर्वबाट पश्चिम जाँर्दै गरेको वा २ ख २०४१ नम्बरको माईक्रो र पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८८७ नम्बरको बस बिहान ६ः १० बजे ठक्कर खाएका थिए । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते हुनेमा अधिकांस अर्घाखाँची जिल्लाका रहेका छन् । 
 
गम्भीर घाईते हुनेहरुमा अर्घाखाँचीका ढिकुराकी २२ बर्षीय मञ्जु घिमिरे, सन्दिखर्कका ३२ बर्षिय श्रीधर मरासीनी, उनकी ४ बर्षकी छोरी पे्ररक, ढिकुराका २९ बर्षका पुष्पा भुसाल, खिनडाँडाका बर्ष ३५ का योगेन्द्र पराजुली, र रुपन्देही १० बस्ने बर्ष २१ कल्पना पौडेल रहेका छन् । घाईतेहरु अधिकांसको भरतपुरमा उपचार भईरहेको छ भने ६ जना विरामीहरुको देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत